नेकपा (एमाले) को सचिवालय बैठक सुरू भएको छ।
बिहीबार दिउँसो काठमाडौंस्थित बसेरा होटलमा एमाले सचिवालय बैठक सुरू भएको हो।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालय सदस्यहरू सहभागी छन्।
नेताहरूको कार्यविभाजन गर्न, समसामयिक राजनीतिक घटनाक्रमलगायतबारे एमाले सचिवालय बैठकमा छलफल हुनेछ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा बाढी पसेकोले बसेरा होटलमा सचिवालय बैठक गर्नु परेको एमाले नेताहरूले बताएका छन्।
यसैबीच प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीका बैठक नराख्ने बताएका छन्।