संक्रमणकालीन न्यायसम्बन्धि विधयेकमा सहमति जुटाउन गठित संयन्त्रको बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा जारी छ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विषय टुंगो लगाउन आजको बैठकमा संयन्त्रका सदस्यसहित सरोकारवाला निकायका पदाधिकारीसमेत सहभागी छन्।
बैठक बिहीबार बिहान पौने ९ बजे सुरू भएको हो।
संयन्त्रमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सदस्य छन्।
त्यसका साथै बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया र संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी लगायत बैठकमा सहभागी छन्।
यसअघि गृह मन्त्रालयमा संयन्त्रको बैठक बसेर विधेयकमाथि सहमतिको जुटाउने विषयमा छलफल भएको थियो।
आजको बैठकमा पूर्वकानून मन्त्री ध्रुवबहादुर प्रधान, नेपाली सेनाका उपरथी जीवनप्रसाद दाहाल लगायतको पनि सहभागिता छ।
बैठकमा विधयेकसम्बन्धी सहमती जुटाउन बाँकी बुँदामा छलफल हुने बताइएको छ।