नेपाली कांग्रेसका सांसद राजन केसीले पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले पाँच हजार घुस आफूले दिएको भन्ने विषयमा संसद मौन बस्न नहुने बताएका छन्।
मंगलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद राजेकेसीले यस विषयबारे तीन दिनभित्र सदनलाई जानकारी दिन सरकारसँग माग गरे।
उनले संसदको रोस्ट्रमबाट पूर्वमन्त्री तथा सांसदले पाँच हजार घुस दिएँ भन्दै उठाएको विषयमा सभामुखबाट किन रूलिङ नभएको भन्दै प्रश्न गरेका थिए।
‘संसदमा पूर्वमन्त्री तथा सांसदले अध्ययनको प्रमाणपत्र प्रमाणित गर्न पाँच हजार घुस दिनुभएको विषयलाई संसदले नजरअन्दाज गर्न मिल्दैन। सभामुखले रुलिङ गर्न आवश्यक थियो। तर भएन। घुस खाएको विषय संसदमा बोल्दा समेत संसद मौन बस्नु हुँदैन। अहिले पनि घुस लिनेहरु खुला रुपमा खाइरहेका छन्। मुलुकका हरेक कार्यालयहरुमा दलालहरु छटपटिइरहेका छन्,’ उनले भने।
दलालहरूकै कारणले मुलुकको राजश्व कमजोर बन्न पुगेको उनले।
‘आर्थिक वर्ष २०८०/०८१ मा १४ खर्ब राजश्व संकलनको लक्ष्य राखेको थियो। जसमा १० खर्ब ३० अर्ब मात्रै राजश्व संकलन भएको छ। यो भ्रष्टाचारको कारण भएको छ। आम्दानी भन्दा बढी खर्च भएपछि मुलुक आर्थिक रुपमा कहाँ जान्छ,’ उनले भने।