सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन सुरू हुँदैछ।
बुधबार दिउँसो २ बजेदेखि विशेष अधिवेशनको पहिलो बैठक सुरू हुने भएको हो।
प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाका एक चौथाईभन्दा बढी सांसदले विशेष अधिवेशन माग गरेपछि बोलाउन पत्राचार गरेका थिए। प्रदेश प्रमुखको आह्वानअनुसार बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ।
सचिवालयका सचिव देवबहादुर बोगटीले बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची तय गरिएको बताए।
केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि सुदूरपश्चिम सरकारबाट असार २० गते एमाले बाहिरएको थियो।
एमाले बाहिरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री दीर्घ सोडारीले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट प्रदेश सभाबाट पारित गराउन नसकेपछि बजेट शून्यतामा गएको छ।
बजेट शून्यताको अवस्था आएपछि प्रदेश प्रमुख मियाँले बुधबार संसदको विशेष अधिवेशन आह्वान गरेको जनाइएको छ।