सरकारको मन्त्रिपरिषद बैठकले २६ वटा निर्णय गरेको छ।
गत सोमबार र बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २६ वटा निर्णय गरेको हो।
असार २४ गतेदेखि साउन ३ गतेसम्म अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषदको संयोजनमा दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनैतिक संयन्त्रको बैठक हुँदैछ।
उक्त बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका पाध्यक्ष संगिता सिंह, सचिवसहितको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ।
जापान सरकारबाट मानव संशाधन विकासका लागि छात्रवृत्ति आयोजनाको लागि जापानी येन ४५४ मिलियन (करिब ३८ करोड २२ लाख रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्या समाधान गरी सिफारिस गर्न गठन भएको जाँचबुझ आयोगको म्याद असोज १५ गतेसम्म थप गरेको छ।
अमेरिकाको राष्ट्रपतीय निर्वाचनको अवलोकनका लागि कात्तिक १८ गतेदेखि २१ गतेसम्म प्रमुख निर्वाचन आयुक्तको नेतृत्वमा रामप्रसाद भण्डारी र जानकी तुलाधरलाई अमेरिका भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ।
यस्ता छन् निर्णयहरू: