नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बिआरआईका विषयमा संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्ने बताएका छन्।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कोइरालाले बिआरआईका विषयमा कांग्रेस-एमालेले तयार गरेको दस्तावेजलाई गहन छलफल गरेर ठिक भए मात्रै चिनियाँ पक्षलाई कन्भिन्स गर्नुपर्ने बताएका हुन्।
कोइरालाले बिआरआई जस्तो संवेदनशील विषयलाई सडकमा ल्याएर उराल्ने काम भएको बताएका छन्।
बिआरआईका विषयमा नेपाली जनताले राम्रोसँग बुझ्दै नबुझेको र उनीहरूले केवल ऋण वा अनुदान भन्ने मात्रै बुझेको कोइरालाले बताए।