राष्ट्रिय युवा परिषदले युवाहरुलाई नीति निर्माणतहदेखि कार्यान्वयन तहसम्म सहभागी गराउन उत्प्रेरित गर्ने उदेश्यले आयोजना गरिएको संघीय नमुना युवा संसद अभ्यास २०८१ सुरू गरेको छ। चारदिनसम्म चल्ने अभ्यासमा स्थानीय तह, प्रदेश तह हुंदै देशभरबाट छानिएका १६ देखि ४० वर्ष उमेरसमुहका ९० युवा सहभागी छन्।
कार्यक्रमको पहिलो दिन काङ्ग्रेस महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले लोकतन्त्र र लोकतान्त्रिक संस्कृति विषयमा सहजिकरण गरेका थिए।
शर्माले युवाहरुले लोकतन्त्रलाई आचरण र जीवन पद्धतिका रुपमा अबलम्बन गर्नुपर्ने वताए।
युवा जीवन र मार्गदर्शन विषयमा राष्ट्रिय युवा परिषदका पुर्व कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेले सहजिकरण गरेका थिए।
ढुङ्गेलले युवाहरुलाई उद्यमशीलतमा नजोडिकन सवलिकरण गर्न नसकिेने वताए। राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुलाई नीति निर्माणतहदेखि कार्यान्वयन तहसम्म सरिक गराउनुपर्नेमा जोड दिएका थिए।
चार दिनसम्म चल्ने नमुना युवा संसद अभ्यासमा युवाहरुलाई मुलुकको संसदीय प्रणाली , कानुन निर्माण प्रक्रिया, लोकतान्त्रिक मुल्यवोध, संवैधानिक अन्तर्वस्तु शासकीय प्रवन्ध र नेतृत्व विकास विविध आयाममा प्रशिक्षण गराइने उपाध्यक्ष वस्नेतले वताए।
अभ्यासको अन्तिम दिन सभामुख देवराज घिमिरेले नमुना संसदको अवलोकलन गर्ने कार्यक्रम रहेको छ।