नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सहकारीको विषयामा छानबिन गर्न छानबिन समिति बनाउन माग गरेको छ।
एकीकृत समाजवादीको मंगलबार र बुधबार बसेको केन्द्रीय कमिटी आठौं बैठकले यस्तो निर्णय गरेको हो।
आगामी असार १६ देखि २० गतेसम्म आयोजना हुने पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा वैचारिक, राजनीतिक, सांगठनिक तथा भौतिक रूपमा योगदान गर्न पनि एकीकृत समाजवादीले आह्वान गरेको छ।
मुलुकका विभिन्न स्थानमा यो वर्ष डढेलो र आगलागीमा परी दर्जनौको संख्यामा सर्वसाधारण जनताको ज्यान गएको बताउँदै घाइतेहरूको निःशुल्क उपचार र धनजनको क्षति व्यहोरेका पीडितलाई राहत र क्षतिपूर्ति दिन माग गरेको छ।
एकीकृत समाजवादीले आगामी मनसुनको समयमा सामान्यभन्दा अधिक वर्षा हुने प्रक्षपण गरिएको भन्दै मौसम पूर्वअनुमानलाई ध्यानमा राखेर अधिक वर्षा र बाढी, पहिरोबाट हुने जनधनको न्यूनीकरण गर्नका लागि आवश्यक पूर्व तयारी गर्न सरकारलाई आग्रह गरेको छ।
अरू प्रस्तावहरू: