इलाम क्षेत्र नम्बर २ को मत गणना जारी छ।
अहिलेसम्म ६११६९ मत गणना भइसकेको छ। यहाँ ६९२८७ मत खसेको थियो।
अब ८११८ मत गन्न बाँकी छ। अहिलेसम्म ७८१ मत बदर भएको छ।
एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्। पछिल्लो तथ्यांकअनुसार उनले २४६१८ मत पाएका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १८६८४ मत पाएका छन्।
नेम्वाङ र खड्काको मतान्तर ६३३४ छ।
तेस्रो स्थानमा रहेका मूढा चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) ले १०७१६ र रास्वपाका उम्मेदवार मिलन लिम्बूले ४३६४ मत पाएका छन्।
२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम- २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यसबेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।