इलाम क्षेत्र नम्बर २ को मतगणना भइरहेको छ।
हालसम्म फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ, माई नगरपालिका वडा नम्बर ६, ७, ८ र देउमाई नगरपालिका वडा नम्बर १, २, ३, ४, ५ ,६ ,७, ८ र इलाम नगरपालिका वडा नम्बर २ को मतगणना सकिएको छ।
पछिल्लो तथ्यांकअनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ।
नेम्वाङले अहिलेसम्म १९६९७ मत पाएका छन्।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्काले १३१९० मत पाएका छन्।
नेम्वाङ र खड्काको मतान्तर ६५०७ छ। पछिल्लो समय नेम्वाङले मतान्तर बढाउँदै लगेका छन्।
तेस्रो स्थानमा रहेका मूढा चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) ले ९५१४ र रास्वपाका उम्मेदवार मिलन लिम्बूले ३३२३ मत पाएका छन्।
इलाम- २ मा जम्मा ६९२८७ मत खसेको थियो।
२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम- २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यसबेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।