उपनिर्वाचन अन्तर्गत इलाम र बझाङमा जारी मतदानको निर्धारित समय सकिएको छ।
इलामको प्रतिनिधि सभा क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा १(१)मा आज बिहान ७ बजेदेखि मतदान भएको थियो।
आयोगले साँझ ५ बजेसम्मका लागि तोकेको मतदानको समय सकिएको हो।
यसपछि बुथमा आउनेले मतदान गर्न पाउने छैनन्।
लाइनमै रहेकाले भने मतदान गर्न पाउनेछन्।
इलाममा सबै मतदानस्थल र केन्द्रहरूमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
कति मतदान भयो भन्नेबारे संकलन गर्न बाँकी रहेको उनले बताए।
उनका अनुसार अपराह्न साढे ४ बजेसम्म ५५ प्रतिशत मतदात भएको थियो।
बझाङमा साढै ४ बजेसम्म ४८ प्रतिशत मतदान भएको प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुँइकेलले जानकारी दिए।
मतदान सम्पन्न भएर मुचुल्का उठाउन काम भइरहेको उनले बताए।
मतदान सम्पन्न भएपछि सर्वदलीय छलफल राखेर मतगणनाको समय निर्धारण गरिन्छ।