बझाङको प्रदेश सभा १(१)मा अपरान्ह ४ बजेसम्म २८ हजार ५०८ जनाले मतदान गरेका छन्।
प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार अनुसार अहिलेसम्म ४६.१७ प्रतिशत मतदान भएको हो।
मतदान स्थलमा मतदाताको सहभागिता न्यून देखिएको छ।
हिमाली जिल्ला भएकोले केहि मान्छेहरू यार्सागुम्बा टिप्न लेकतिर गएका र केही रोजगारका लागि बाहिर गएका कारण उपनिर्वाचनमा मतदाताको संख्या कमि देखिएको प्रमुख निर्वाचन अधिकृत लामिछानेले बताए।
अहिले सबै मतदानस्थलका केन्द्रहरूमा शान्तिपूर्ण तवरले मतदान चलिरहेको पनि उनले बताए।
बझाङको प्रदेश सभा १(१) मा ६१ हजार ७४८ मतदाता छन्।
यहाँबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधनपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि मतदान भइरहेको हो।
मतदानको समय सकिन अब आधा घन्टा मात्रै बाँकी छ।