राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।
शुक्रबार उनले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।
संघीय संसदको दुबै सदनको बैठकबाट पारित भएर प्रमाणीकरणका लागि पेश गरिएको थियो।
पेश भएसँगै राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका हुन्।