बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१) को मतगणना जारी छ।
यहाँ एमालेका दमन भण्डारीले सुरूआतदेखि अग्रता कायम राखेका छन्। पछिल्लो परिणामअनुसार उनले मतान्तर पनि बढाउँदै लगेका छन्।
अहिलेसम्मको मतगणनामा एमालेका भण्डारीले ३४९७ मत पाएका छन्।
कांग्रेसका अभिषेक सिंह २८२० मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्।
भण्डारी सिंहभन्दा ६७७ मतले अगाडि छन्।
माओवादीका जनक बहादुर बुढाले १८८१ मत पाएका छन्।
नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंहले १०५० मत पाएका छन्।
२०७९ मा भएको निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार ११२ मत ल्याएर जितेका थिए। यहाँ एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए।
त्यस बेला यहाँ तत्कालीन सत्ता गठबन्धनबाट कांग्रेसका सिंह साझा उम्मेदवार थिए।