नेकपा एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित भएका छन्।
बिहीबार साँझ सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार राउत ३४४ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन्।
राउतका प्रतिस्पर्धी निवर्तमान अध्यक्ष परमेश्वर घिमिरेले २३० मत प्राप्त गरे। घिमिरेलाई राउतले १ सय १४ मतको अन्तरले हराएका छन्।
उपाध्यक्षमा कालुमान लामा एक मत अन्तरले विजयी भएका छन्। लामाले १९२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी दिलबहादुर तामाङले १९१ र भरतबहादुर थापाले १३७ मत पाएका छन्।
सचिवमा टेकबहादुर राउत विजयी भएका छन्। राउतले १९१ मत प्राप्त गर्दा प्रतिस्पर्धी शम्भु पौडेलले १८३ र महेश रोकाले १४० मत पाएका छन्।
उपसचिव खुलातर्फ हेमबहादुर खड्का १९४ मत प्राप्त गरी विजयी भएका छन्। उपसचिव खुलाका अन्य उम्मेदवारहरू जीवनाथ दाहालले १०८, दुर्गानन्द चौधरीले ५३, धर्मबहादुर तामाङले ४६ र मन्दीप राईले ९३ मत पाएका छन्।
महिला उपसचिवमा गंगा राई २६० मत प्राप्त गरी निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी महेश्वरी राईले १४९ र गीता खड्काले १२५ मत पाएका छन्।