नेपालको राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भएकोमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले हार्दिक बधाई ज्ञापन गरेका छन्।
बहुआयामिक सहयोगात्मक भारत–नेपाल सम्बन्धलाई दुवै देशका जनताको लाभका लागि अझ सुदृढ तुल्याउन राष्ट्रपति भण्डारीसँग सहकार्य गर्ने प्रतिबद्धता भारतका राष्ट्रपति कोविन्दले व्यक्त गरेका छन्।रासस