प्रधानमन्त्री केपी शर्मा ओली आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन्।
प्रधानमन्त्री ओली आज अपराह्न ४ः०० बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन्।उनले गत बिहिबार पदभार ग्रहण गरेका थिए।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास छोडेपछि उनी आज बालुवाटार सर्ने भएका हुन्।