प्रदेश नम्बर १ को उपसभामुख पदका एकल उम्मेदवार सरस्वती पोखरेललाई प्रदेश सांसदको बैठकले सर्वसम्मत अनुमोदन गरेको छ।
संसद्को आजको बैठकमा उनको नाम अनुमोदनका लागि प्रस्ताव टेबल भएको थियो। इन्द्रमणि पराजुलीको समर्थनमा प्रस्तावक रामकुमार राईले उनलाई उपसभामुख पदमा मनोनयन गर्न प्रस्ताव गरेका थिए।
आजै प्रदेश नं १ को कार्यलय प्राङ्गणमा आयोजित कार्यक्रममा सभामुख प्रदीपकुमार भण्डारीले उपसभामुख पोखरेललाई शपथ गराए।
संसद्को अर्को बैठक यही फागुन १४ गते दिनको १ बजे बस्नेछ ।
रासस