प्रदेश नम्बर ४ को सभामुखमा नेत्रनाथ अधिकारी निर्विरोध भएका छन् ।
उनी माओवादी केन्द्रका सांसद हुन्।
मनोनयनका लागि बुधबार बिहान साढे १० देखि साढे १२ बजेभित्र मनोनयन दर्ता गर्ने समय तोकिएकोमा उनको बाहेक कसैको उम्मेदवारी नपरेकोले उनी निर्विरोध भएका हुन्।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसँगै उनले शुक्रबार शपथ लिनेछन्।