अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी आयुक्त नवीनकुमार घिमिरेले आजदेखि सम्हालेका छन्।
उनी विसं २०७१ साल चैत १९ गते आयोगको आयुक्तमा नियुक्त भएका थिए। घिमिरेले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०५३ को दफा २० बमोजिम कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेका आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विसं २०७४ जेठ ८ गतेदेखि प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका दीप बस्न्यात उमेरहदका कारण फागुन १ गतेबाट अवकाश पाएका हुन्।
रासस