राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराले एमाले र माओवादीबीच पार्टी एकता हुन नसक्ने बताएका छन्।
सोमबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष जबराले संविधान अनुसार दुई वर्षसम्म वाम गठबन्धनले ओलीको नेतृत्वमा सरकार सञ्चालन हुने निश्चित रहेता पनि पार्टी एकीकरण भने नहुने बताएका हुन्।
नेपाल संघीयतामा प्रवेश गरेता पनि प्रान्तीय सरकारको आर्थिक भार कसरी धान्ने भन्ने कुनै योजना बिनै अगाडि बढेकाले यसले थप समस्या निम्ताउने बताउँदै उनले प्रान्तको आर्थिक पक्षकोबारे योजना बनाएर अघि बढ्नु पर्नेमा जोड दिए।
सरकाले स्थानीय तहको घोषणा हचुवाको भरमा गरेकाले कतिपय स्थानमा हालसम्म पनि काम गर्न नसकिरहेको भन्दै उनले दिर्घकालीन सोच र ठोस योजना अनुसार अघि बढ्न नसके आर्थिक अस्थिरता निम्तने र त्यसले देशलाई वर्षौपछि घकेल्ने बताए।
तीन नम्बर प्रदेशको राजधानी हेटौंडामा राखिएता पनि अन्य बहुमत स्थानलाई अपायक पर्ने देखिएकाले यसलाई बहुमत प्रदेशसभाले अन्यत्रै सार्ने उनले बताए।
विगतमा ओली नेतृत्वको सरकारसँग बिग्रिएको सम्बन्ध सुधारको प्रयास स्वराजको भ्रमणले देखाएको र ओली समेत पछिल्लो समय भारतसँगको सम्बन्ध सुधारमा अग्रसर रहेको उनको भनाइ छ।
उनले नेपालको विदेश नीतिकाबारे सरकारले आधिकारीक धारणा बनाएर अघि बढ्नु पर्नेमा उनले जोड दिँदै सीमा समस्याकाबारे सरकारले ठोस र कुटनीतिकस्तरबाट समाधानको बाटो अवलम्बन गर्नु पर्ने बताए।
उनले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले दुई देशबिचको सम्बन्ध सुधारको प्रयास भएको र ओली नेतृत्वको सरकारसँगको सहकार्यताको निरन्तरता रहने संकेत रहेको भन्दै आफूले पनि स्वराजसँग भेटेको तर कुनै राजनीतिक भेट भएको बताए।
https://youtu.be/pngLtjQFcs0