राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाका नेताहरूलाई पदमुक्त गरेपछि निर्वाचन आयोगले यसबारे राप्रपासँग जबाफ माग गरेको छ।
अध्यक्ष लिङ्देनले अनुशासन समिति अध्यक्षबाट नवराज सुवेदी, प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई असार २५ गते र उपाध्यक्ष तथा केन्द्रीय सदस्यबाट मुकुन्दश्याम गिरीलाई साउन २ गते पदमुक्त गरेका थिए।
अध्यक्ष लिङ्देनले विधानविपरीत र स्पष्टीकरणको मौकासमेत नदिई कारबाही गरेको भन्दै सुवेदी, लावती र गिरी निर्वाचन आयोगमा उजुरी दिन पुगेका थिए।
उक्त उजुरी प्राप्त भएपछि आयोगले यसबारे के भएको हो जानकारी दिनू भनेर राप्रपासँग जबाफ माग गरेको छ।
निर्वाचन आयोगकी प्रवक्ता सीता पोखरेल अर्यालले राप्रपाका नेताहरूबाट निवेदन आएकोले त्यसउपर के भएको हो भनेर राप्रपासँग बुझ्न पत्र पठाइएको सेतोपाटीलाई जानकारी दिइन्।
यसको जबाफ राप्रपाले आयोगमा पठाइसकेको छैन।
यो पनि:
राप्रपामा गम्भीर मतभेद, रवीन्द्र मिश्र मौन
लिङ्देनले किन खोसे राप्रपा नेताहरूको पद?