नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस निर्वाचन प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन्।
काठमाडौं क्षेत्र नं १ ले आज बिहान बानेश्वरमा आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा नेता सिंहले संविधानअनुसार नियम पुर्याएर कांग्रेसले सत्ता हस्तान्तरण गर्ने बताए।
‘कांग्रेसलाई अप्ठ्यारो बनाउने बहानामा राष्ट्रपतिले अध्यादेश रोक्न हुँदैन,’ उनले भने। सत्ताका लागि कांग्रेसले लोभ गरेको होइन तर सरकारमै विनाविभागीयमन्त्री बनेर बसेका दलका नेताहरूले कांग्रेसलाई नैतिकताको पाठ सिकाएकामा नेता सिंहले आश्चर्य व्यक्त गरे।
प्रत्यक्षतर्फको निर्वाचनमा आफ्नो दलकोे निराशाजनक सिट आए पनि समानुपातिकमा भने सन्तोषजनक नतिजा आएको उनले बताए।