प्रारम्भिक ब्याट्सम्यान इब्राहिम जार्डनको सतकको सहयोगले अफगानिस्तानले विश्व कप छनोटको अति महत्वपूर्ण खेलमा नेपाललाई १ सय ९६ रनको लक्ष्य दिएको छ।
अफगानिस्तानका अन्य ब्याट्सम्यान नचलेको अवस्थामा इब्राहिम एक्लैले १ सय १४ बलमा ५ छक्का र ७ चौकाको सहयोगले १ सय १ रन बनाए। उनको सतकका कारण अफगानिस्तानले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १ सय ९५ रन बनायो।
अन्य खेलाडीमा अर्का प्रारम्भिक ब्याट्सम्यान नाभेद ओबाइदले २२, मध्यक्रममा इक्राम फैजीले २४ रन बनाए। अफगानिस्तानका ३ ब्याट्सम्यान खाता खोल्न नसकि आउट भए।
नेपालका लागि सहाब आलमले ८ दशमलव ५ ओभरमा १ मेडन सहित ३० रन मात्र खर्चेर ४ विकेट लिए। सन्दीपले कसिलो बलिङ गरे पनि १ विकेटमा चित्त बुझाउनु पर्यो। उनले ८ ओभरमा १ मेडन राख्दै २७ रन मात्र खर्चे। दीपेन्द्रसिंह ऐरीले ३ महत्वपूर्ण विकेट लिएका थिए। उनले इब्राहिमलाई आउट गरेका थिए। अन्यमा रोहितकुमार पौडेलले १ विकेट लिए।