श्रावणी मेलाको अवसरमा पर्साको दुधेश्वर महादेवमा जल चढाउन आएका दुई भारतीय दशर्नार्थीहरुको मृत्यु भएको छ । भारतको सीमावर्ती बजार रक्सौलबाट आएको ट्रयाक्टर पल्टिदा दुईजनाको मृत्यु भएको हो ।
रक्सौल ग्राम पंचायत पनटोकाका गाउँबाट आएका भक्तजनहरु सवार रहेको ना ५ त ३६३० नम्बरको ट्रयाक्टर गएराती पर्साको संखुवाप्रसौनी गाउँपालिकाको वाड नम्बर-५, बलुवा नजिकैको सडकबाट तलखस्दा दुई भक्तजनको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । ट्रयाक्टर सडकबाट १० मिटर तल खेतमा राती १२ बजे पल्टिदा ट्रयाक्टरमा सवार २५ जन्ना मध्ये दुईजनाको मृत्यु भएको छ । घाइते ८ जनाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । चालकले अत्यधिक रक्सी सेवन गरि गाडी चलाएकोले सो घट्ना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । दुर्घटनामा परी ५० वर्षीय महेन्द्र पसवान र वर्ष ९ की पुजा कुमारीको उपचारको क्रममा मृत्यु भएको नारायणी उपक्षेत्रीय असपताल वीरगंजको प्रहरी विटले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका राधीका देवी पसवान, सन्तोष राम, बिटु कुमार साह, सोभा देवी राम, सुमिन्त्रा राम र ट्रयाक्टर चालक बुनिलाल रामको अस्था चिन्ताजनक रहेको बताइएको छ । घाइतेहरुलाई प्रहरी चौकी रंगपुरटाडी, ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प बागेश्वरी तित्रौनाको प्रहरी टोलीको सहयोगमा उद्धार गरी नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराइएको थियो ।