युरोपेली मुलुक पोर्चुगलमा राजदुतावास स्थापनाको माग गरिएको एक दशक वित्न लाग्यो। यो एक दशकमा राजदुतावासको स्थापनाका कुरा बढी र काम कम भयो। र पनि अझै नेपालबाट पोर्चुगल आउन सरकारका अधिकारीहरु सोध्ने गर्छन 'पोर्चुगलमा तपाइहरुलाई किन दुतावासको आवश्यक पर्यो?' यो क्रम अहिले पनि जारी छ।
वीस हजार भन्दा बढी नेपालीहरुको बसोवास रहेको भनी दाबी गरिएको छ पोर्चुगलमा तर एकिन डाटा छैन। पहिलो प्रसग्ग नेपालीको एकिन डाटा समेत निकाल्न सक्दैनन् यहांका सरोकारवहाहरु। काउन्सीलरको कार्यलय छ, एनआरएन पोर्चुगल छ अन्य संघ संस्था त कति कति दर्जनौ छन्। नेपालीहरु कति छन् भन्ने सामान्य तथ्याड पनि नहुनुले प्रमाणीत गर्छ यहां भएका सरोकारहरु कत्ति सकृय छन्।
राजदुतावासको लागि भन्दै कयौ पल्ट नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र बुझाइयो। कयौ पल्ट मन्त्रीहरुलाई विन्ती गरियो। कयौ पल्ट पोर्चुगलको भ्रमणको ताजोपाजो मिलाइयो तर पोर्चुगलका नेपालीहरु सधै निराश मात्र भए। नेताहरु आउछन् बढे बढे होटलमा युरोपको व्राण्डेड मदिरा खान्छन् सबैलाई भन्न खोजीएको होइन।
पोर्चुगलको पर्यटकिय स्थल शयर गर्छन्। दुतावास स्थापनाको लागि आश्वासन दिन्छन्। अनि यहांका नेपालीहरु मख्ख पर्छन्। अव त केहि होला की अहं तर केहि हुदैन। यो क्रम वर्षाै देखि चलिआएको छ। अहिले पनि ज्ञापन पत्र बुझाउने क्रम जारी छ।
अहिले यसलाई मुर्तरुप दिनको लागि भनेर राजदुत स्थापनाको लागि दवाव दिन सर्घष समिती गठन गरिएको छ। पहिलो चरणमा हस्ताक्षर अभियानको शुरु गरिदै छ। दवावको लागि यसलाई सकरात्मक रुपमा लिन सकिन्छ। पोर्चुगलमा रहेका नेपालीहरु यो सघर्ष समिती गठनको विरोधमा लागेका छन्। सघर्ष समितीको को नेतृत्व मेरो हुनु पर्ने, वा फलानो पार्टीको अगुवाईमा हुनुपर्ने भन्दै विरोध शुरु भएको छ। यो विरोध तमाम यहां रहेका नेपालीहरुको हित विपरित छ। यो वा त्यो नेतृत्व भन्दा पनि मुख्य मुद्दामा केन्द्रित रहेर राजनितीक र कुटनितक पहल गर्ने वेला हो। सम्बन्धीत पक्षको ध्यान जानु जरुरी छ।
पोर्चुगलमा इमिग्रेसन अन्य युरोपेली देशहरुको तुलनामा सहज भएको कारण नेपालीहरुको संख्या दिनहुं बढ्दै गएको छ। छोटो समयकमा सबै प्रकृया मिलाएर वैधानिक रुपमा बस्न पाउने भएकोले यहां नेपालीहरुको आगमन बढ्दै गएको हो। यहांका वैधानिक कागजपत्र भए पछि परिवारलाई नेपालवाट बोलाउने पाउने हुदा पोर्चुगल नेपालीहरुको लागि आर्कषण बन्दै गएको छ। कमाईको हिसावले अन्य युरोपेली मुलुक भन्दा कम भए पनि हावापानी नेपालको जस्तै मिल्लोजुल्दो छ।
पोर्चुगलको राजधानी लिस्वन लागयत राजधानी वाहिर फारो, ओलीभिलास, कासाकाइस लगायतका स्थानहरुमा नेपालीहरुको वाक्लै वसोवास रहेको छ। नेपालीहरुको संख्या उल्लेखनीय भएपनि यहां कुटनितिक निकाय राजदुतावास छैन।
नेपाली राजदुतावास नहुदा नेपालीहरुको सास्ती खेप्दै आएका छन्। पोर्चुगलमा अबैतानिक बाणीज्यदुत छ। परिवार पुर्नरमिलन, कागजपत्रको बैधानिकता सम्बन्धी काम वाणीज्यदुतवासवाट भए पनि पासपोर्ट, वारेसनामा लगायतका कामहरु फ्रान्स स्थीत नेपाली राजदुतावासले हेर्ने गरेको छ। एमआरपी पासपोर्ट, वारेसनामा बनाउनको लागि फ्रान्समा रहेको राजदुतावासको वाटो कुर्नु पर्ने भएकोले नेपालीहरुको दुख पाउदै आएका छन्।
सीधा सम्पर्क नहुन नसक्नु, राजदुतावासले समयमा काम नगर्नु, फोन नउठाउने लगायतका समस्याहरु वाट पोर्चुगलमा बस्ने नेपालीहरुले हैरानी खेप्नु परेको छ। राजदुतावासमा फोन गर्दा भाषाको समस्या पर्ने गुनासो नेपालीहरुले गरेका छन्। पासपोर्टमा नाम, जन्ममिती गलत, ठेगना गलत हुदां, भरेको फर्म विग्रदा त्यसलाई सच्चाउनको लागि यहांका नेपालीहरुले हैरानी व्यहोर्नु परेको छ। मुख्य तया दुरीको हिसावले टाडा हुनु पोर्चुगलको कार्ड नवनेका नेपालीहरुले राजदुतावासमै गएर आफ्नो समस्या राख्न गाह्रो हुने गरेको छ। अर्को तर्फ कार्ड भएकाहरु पनि आर्थीक व्यवभारका कारण सानो समस्या लिएर फ्रान्स जानको लागि काम र समयको तारतम्य मिलाउन नसक्ने भएकोले जान सक्दैनन्। वैधानिक रुपमा पोर्चुगल रहेका तर यहांको पासपोर्ट नभएका नेपालीहरुलाई समेत नेपालवाट एमआरपी पासपोर्ट बनाउनेको लागि कठिनाई हुने गरेको छ।
सामुन्द्रिक बन्दरगाहांको हिसावले युरोपको सबै भन्दा बलियो देश पोर्चुगल। युरोपमा अन्य देशहरुमा भन्दा पर्यटकहरुको लागि आर्कर्षीत देश। अमेरीका संग सामुद्रिक सीमानामा रहेको पोर्चुगलसंग नेपालको कुटनीतिक सम्बन्ध धेरै पुरानो छैन। सन १९७६ सेम्टेम्बर १ देखि नेपाल र पोर्चुगलको कुटनितीक सम्बन्ध रहेको हो। तर यसको भरपुर फाइदा नेपालले लिन सकेको छैन। तथ्याड अनुसार वार्षीक औषत तीन करोड रुपैया वरावरको सामानहरु नेपालवाट पोर्चुगल भित्रने गरेको छ भने पोर्चुगलवाट औषत वार्षीक १० करोड रुपैया वरावरको समानहरु नेपाल भित्रने गरेको छ। यो व्यापार घाटालाई अनुमानीत तथस्टतामा कायम गर्नको लागि सबै भन्दा पहिला पोर्चुगलमा नेपाली राजदुतावासको स्थापना गर्नु पर्छ। वार्षीक औषत २ हजारको हाराहारीमा पोर्चुगीस नागरीकहरुले नेपाल भ्रमण गर्ने गरेका छन्।
नेपाल सरकारले गत वर्ष स्पेनमा राजदुतावास राख्ने निणर्य गरिसकेको छ। स्पेनमा राजदुतावास भए संगै पोर्चुगलमा रहेका नेपालीहरुको चासो बढ्नु स्वाभाविक हो। राजदुतावास स्थापना गर्नको लागि केहि मापदण्ड अबस्य हुन्छन्। नेपालीहरुको संख्या,व्यवसायीक संभाबना, पर्यटक भित्रने संभावना, दुतावास स्थापना पछि छिमेकी देशहरु संगको पहुंच, आदी। यो पाटो नेपाल सरकारको हो। नेपाल सरकारलाई दवाव सृजना गर्नु यहांका नेपालीहरुको भुमीका महत्वपुर्ण हुनु पर्छ। राजनितीक आडमा पार्टीको झोला भिरेर होइन वीस हजार भन्दा बढी नेपालीको हितको लागि सर्घष गरिनु पर्छ। आवाज बुलन्द पारिनु पर्छ।
फोटो:गुगल