मोरङको पुरानो शहर रंगेलीका नवनियुक्त मेयर दीलिप बगडियाले बर्खायाममा स्थानीय जनताले हिलोमा हिड्नु नपरोस भनेर रंगेलीको बाटोमा देखिएको खाल्डाखुल्डी पूर्ने कामलाई तिब्रता दिएका छन्।
तर, खाल्डाखुल्डी पूर्ने काममा आवश्यक ढुंगाको सट्टा अनावश्यक ढुंगा बिछाउने कार्यले प्रसय पाउँदा स्थानीय जनतालाई उल्टै हिड्डुल गर्न गाह्रो पर्न थालेको छ। रंगेली नगरपालिकाको वडा नम्बर ७ स्थित भोटुबाबु चोकदेखि अस्पताल जाने बाटोमा सानो खाल्डो भए पनि त्यहाँ ठूलाठूला ढुंगा ओछ्याउने काम धमाधम भइरहेको छ। यसले सर्वसाधरणलाई हिड्न गाह्रो परेको स्थानीय देवमणि कटुवाल बताउँछन्।
‘विकाशको काम गर्नु राम्रो हो। तर, अस्पताल जस्तो संवेदनशील बाटोमा अनावश्यक ठूला ढुंगा हालेर झन असहज पारिएको छ,’ कटुवाल भन्छन्, ‘यसले झन दूर्घटना निम्त्याउने सम्भावना छ।’