हेटौँडा–कुलेखानी सडक खण्ड पर्ने सिस्नेरीको थिङ डाँडामा शनिबार गएको पहिरो डिभिजन सडक कार्यालयले आइतबार हटाएपछि बिहानदेखि काठमाडौँ–हेटौँडाको यातायात सञ्चालनमा आएको छ।
इन्द्र सरोवर गाउँपालिका–३ सिस्नेरीको थिङ डाँडामा शनिबार पहिरो जाँदा कुलेखानी हुँदै सिस्नेरीतर्फको यातायात सेवा शनिबार रातिदेखि अवरुद्ध भएको थियो।
सो बाटो अवरुद्ध भए पनि मदन भण्डारी राजपथअन्तर्गतको कुलेखानी– फाखेल सडकबाट हेटौँडा–काठमाडौँको यातायात सेवा भने सञ्चालन भइरहेको मकवानपुरका सहायक प्रजिअ हरिराज पन्तले जानकारी दिए। रासस