तनहुँको ब्यास नगरपालिका– १४ स्थित मास्दीघाटबाट शुक्रबार अपरान्ह सेती नदीले बगाएर एक मजदुर बेपत्ता भएका छन्।
सेती नदीले बगाएर बेपत्ता हुनेमा चितवनको चण्डीभञ्ज्याङ– २ घर भई हाल इच्छाकामना गाउँपालिका बस्ने २५ वर्षीय वीरबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
झोलुङ्गे पुल निर्माण गर्ने क्रममा उनी सेती नदीमा डुबेर बेपत्ता भएका हुन्। स्थानीय बासिन्दा र प्रहरीले भुजेलको तीव्र खोजी गरिरहेका छन्।