लामो समयदेखि विश्व जगतको रहस्य तथा चुनौती बनेका उत्तर कोरियाली नेता किम जोन उन केही दिनदेखि ‘गायब’भएका छन्।
उनी पछिल्लो समय उत्तर कोरियाको मिडियाबाट एकाएक हराएका छन्।
यसको अर्थ हुन्छकि जब उनी एकाएक मिडियाबाट गायब हुन्छन् विश्वका शक्तिशाली राष्ट्रका लागि यो थप चूनौतीपूर्ण बन्न पुग्छ। किनकि, केही दिनको रहस्यमय गुमनाम पछि जब उनी फेरि मिडियामा देखा पर्छन् त्यो बेला उनले विश्वजगतलाई कुनै न कुनै चुनौती लिएर आउने गर्छन्।
सन् २०११ देखि हालसम्म उनी २७ पटक लगातार १ साता वा त्यो भन्दा धेरै समय मिडियाबाट बाहिरिसकेका छन्। जब उनि गुमनाम बस्छन् त्यो अवस्थामा उत्तर कोरियाका कुनै पनि मिडियामा उनको नाम वा तस्बिरसम्म आउँदैन।
सन् २०११ मा उनी १० पटकसम्म सम्म मिडिया बाहिर रहे भने २०१२ मा ७ पटक बाहिरिए। त्यस्तै २०१३ मा १ पटक मिडिया बाहिर रहेका उनी सन् २०१५ मा ४ पटक गुमनाम बसे। त्यसैगरी २०१६ देखि हाल सम्म ५ पटक मिडिया बाहिर रहेका छन्।
तर मुख्य रहस्य यो छ कि जब उनी केही दिनको गुमनामपछि मिडियामा आउँछन् कुनै न कुनै चमत्कार लिएरै आएका हुन्छन्। गत जुलाई ४ तारिखमा उत्तर कोरियाले परीक्षण गरेको" Hwasong-14" नामक अन्तर महादेशीय ब्लेस्टिक क्षेप्यस्त्र प्रक्षेपण गर्नु पूर्व नेता किम १३ दिनसम्म कुनै पनि मिडियामा आएका थिएनन्।
गत जून २० तारिख उनी एउटा डेन्टल हाइजेनिक प्रोडक्ट फैक्ट्रीको निरीक्षण गरेको त्यहाँको राष्ट्रिय समाचार "हर्मीट स्टेट मिडिया"ले लेखेको थियो भने त्यसपछि उनी एक्कासी जुन ४ तारिख मिसाइल परीक्षणकै दिन मिडियामा देखा परेका थिए।
यति मात्र होइन गत मे १४ तारिख Hwasong-12 नामक क्षेप्यास्त्र परीक्षण गर्नु अघि उनी ८ दिनसम्म गुमनाम थिए।
सन् २०१६ सेक्टेम्बर ९ तारिखमा उत्तर कोरियाले गरेको पाँचौ क्षेप्यास्त्र परीक्षण गर्नुपूर्व उनी ६ दिन मिडिया बाहिर रहे भने २०१६ फेब्रुअरीमा ९ दिन गुमनाम बसे।
उत्तर पूर्वी एसिया शान्ति तथा सहयोग अनुसन्धान संस्थाका अधिकारी जुँगआङ इल्बोले उनको गुमनामलाई "खेल - परिवर्तन" भनि टिप्पणी समेत गरेका छन्।
जब उनले केही सोच्छन् वा कुनै नयाँ योजना बनाउँछन् त्यो समय उनी नितान्त मिडियाभन्दा बाहिर रहन्छन वा रहस्यपूर्ण ढंगले एकाएक गायब हुन्छन्।
सन् २०१३ डिसेम्बर १२ तारिखमा उनका आफ्नै काका जङ्गसोङ्लाई मृत्यु दण्ड दिनुभन्दा पहिला एकाएक उनी ८ दिनसम्म गायब भएका थिए भने सन् २०१२ को जुलाईमा उच्च सैनिक कमान्डरलाई मृत्युदण्ड दिनु पूर्व ६ दिनसम्म गुमनाम बसेका थिए।
कोरिया टाइम्स