भारतको उत्तरी राज्य त्रिपुराका आदिवासीले छुट्टै राज्यको माग गर्दै आन्दोलन सुरु गरेका छन्। त्रिपुरा आदिवासी पार्टीले छुट्टै राज्यको माग राख्दै मंगलबार पनि उत्तर–पूर्व जोड्ने एक मात्र राष्ट्रिय राजमार्ग र रेल सेवा अवरुद्ध पारेका छन्।
सरकारले आदिवासीहरुको ठूलो संगठन पिपुल्स फ्रन्ट (आइपिएफटी) लाई तत्काल बन्द फिर्ता लिन र वार्तामा आउन आब्हान गरेको छ। आइतबारदेखि जारी बन्दका कारण जनजीवन पूर्णत प्रभावित बन्न पुगेको छ।
कम्युनिष्टशासित सरकारले छुट्टै राज्यको मागको विरोध गरेको छ। ‘आन्दोलनकारी, जसमा महिला पनि सहभागी छन्। उनीहरुले शान्तिपूर्ण तरिकाले सडक र रेल लाइन अवरुद्ध गरेका छन्। कुनै अप्रिय घटना भएको छैन्। आइतबारदेखि सुरु भएको बन्द हडतालको अवस्थालाई हामी नजिकबाट नियालिरहेका छौं,’ पश्चिमी जिल्लाका प्रहरी प्रमुख अभिजित सप्तर्सीले भारतीय मिडियालाई जानकारी दिएका छन्।
३७ लाख जनसंख्या भएको त्रिपुरामा सबैभन्दा धेरै आदिवासी रहेका छन्।