विकट यार्साको मेरगाङ जाने बाटो वर्षाको भलपानीले बगाउँदा स्थानीयवासीलाई आवत–जावतमा समस्या भएको छ।
स्थानीयवासी कान्छा थोक्राका अनुसार जनश्रमदानबाट बनाइएको बच्चादेखि मेरगाङसम्मको करिब एक किमी पैदल मार्ग पटकपटकको वर्षाले बगाएपछि त्यस भेगका नौ घरपरिवार एक गाउँबाट अर्को गाउँ जान वञ्चित भएका छन्।
सो ठाउँमा बढी भिर भएकाले पुनःनिर्माण गर्न श्रमदानबाट सम्भव नभएकाले पीडित पक्षले स्थानीय तहसमक्ष सहयोगको अपेक्षा गरेको छ।
नौकुण्ड गाउँपालिका वडा नं २ का बच्चा र मेरगाङका बासिन्दा वाटो निर्माणका लागि सबै क्षेत्रबाट सहयोग मिल्नेमा आशावादी भएको थोक्राले बताए। रासस