ब्युटिसियन युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा जिल्ला अदालत महोत्तरीले चार जनालाई पूर्पक्षकालागि कारागार चलान गरेको छ।
कारागार चलान हुनेहरुमा औरही गाउँपालिका २ का २६ वर्षीय सुनिल कुमार साह, २० वर्षीय अनिकेत कुमार यादव, २१ वर्षीय रमेश पंजियार र २० वर्षीय सुरेश प्रसाद यादव रहेका छन्।
उनीहरुलाई जिल्ला अदालत महोत्तरीका २ नम्बर न्यायाधीश दिपकराज पन्थको इजलाशले पुर्पक्षको लागि महोत्तरी कारागार जलेश्वरमा थुनामा राख्न पठाएको हो।
महोत्तरीको औरही बजारमा सञ्चालित ब्युटीपार्लर बन्द गरेर बजारबाट साइकलमा घर फर्किंदै गरेकी २० वर्षीया युवतीलाई जेठ २८ गते आइतबार साँझ औरही गाउपालिका वार्ड नं. २ स्थित आँपबारी नजिकैको जोतेको खेतमा सामुहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।