किस्ट अस्पतालमा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
सुत्केरीको मृत्यु भएपछि उनका आफन्तसहित उपस्थित भएको भिडले अस्पतालमा तोडफोड गरेको थियो।
भिड बढ्दै र अनियन्त्रित हुन थालेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी परिसरका एसपी चक्रराज जोशीले जानकारी दिए।
अस्पताल बाहिर खोला किनारमा जम्मा भएका भिडलाई तितरबितर पार्नका लागि प्रहरीले अश्रुग्यास हानेको एसपी जोशीले बताए।
'झन्डै साढे २ सय जना मानिसहरू जम्मा भएर अस्पताल तोडफोड गर्न थालेपछि लाठीचार्ज र अश्रुग्यास प्रहार गरी भिड तितरबितर पारेका हौं,' एसपी जोशीले भने।
अश्रुग्यास प्रहारपछि भिड तितरबितर भएको र मानिसहरू केही पर भागेको उनले बताए।
अस्पतालको माहोल तनावग्रस्त बनेपछि त्यहाँ झन्डै २ सय प्रहरी परिचालन गरिएको पनि एसपी जोशीले बताए।
सुत्केरी गराउने क्रममा खोटाङकी एक महिलाको मृत्यु भएपछि उनका आफन्तहरूले अस्पताललाई दोष दिँदै तोडफोड गरेका थिए।
अस्पतालको लापरवाहीले गर्दा मृत्यु भएको भन्दै तोडफोड र भीड जम्मा गरेर विवाद गर्न थालेका थिए। सुत्केरीको मृत्यु कात्तिक ७ गते नै भएको थियो।
यस विषयमा अस्पतालमै मृतकका आफन्तसँग वार्ता भइरहेको अस्पतालका एक कर्मचारीले जानकारी दिए।
तस्बिरहरूः
-ink-1761556790.jpeg)
-ink-1761556788.jpeg)
-ink-1761556791.jpeg)
-ink-1761556789.jpeg)
-ink-1761556789.jpeg)
-ink-1761556788.jpeg)
-ink-1761556788.jpeg)
-ink-1761556787.jpeg)
-ink-1761556787.jpeg)
-ink-1761556785.jpeg)
-ink-1761556785.jpeg)
-ink-1761556784.jpeg)
-ink-1761556784.jpeg)
-ink-1761556790.jpeg)