पहिरोका कारण पासाङलामु राजमार्गको मूलखर्क खण्डमा सोमबार बिहानदेखि सवारीसाधन आवागमन बन्द भएको छ।
रसुवाका जिल्ला ट्राफिक प्रहरी इन्चार्ज नवराज खड्काका अनुसार पहिरो पन्छाइ सवारीसाधान सञ्चालन गराउन प्रयास जारी भइसकेको छ। सडक बन्द हुँदा यात्रुबाहक सानाठूला दर्जनौँ सवारीसाधन र चीनको केरुङबाट सामान ढुवानी गर्ने सयौँ कन्ट्रेनर अलपत्र परेका छन्।
पहिरोले सडकमा ठूलठूला ढुङ्गा ल्याएको र सडक खुलाउन विष्फोट गराउन पर्ने भएकाले डिभिजन सडक कार्यालय नुवाकोटसँग समन्वय भइरहेको प्रहरीले बताएको छ। रासस