झापाको बिर्तामोड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले नगरलाई सुरक्षित, हिंसारहित र जनमुखी बनाउने निर्णय गरेको छ।
आइतबार सपथ र पदभार ग्रहणलगत्तै नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो। बैठकले बिर्तामोडलाई विषादीमुक्त तथा प्रदुषणमुक्त सहर घोषणा गर्ने, एक वर्षभित्र नगरलाई टुकीमुक्त सहर घोषणा गर्ने निर्णय गरिएको नवनिर्वाचित प्रमुख शिवाकोटीले बताए।
‘अव्यवस्थित बसोबासलाई व्यवस्थित गराउन आगामी छ महिनाभित्र आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय गरेका छौँ’, उपप्रमुख पवित्रा महतरा प्रसाईंले बताईन्।