नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले ११ अौँ बृहत् शैक्षिक मेला’ गर्ने भएको छ।
नेपाली विद्यार्थीलाई स्वदेशी तथा विदेशी शिक्षा प्रणालीका बारेमा जानकारी गराउने उद्देश्यले मेला आयोजना गर्न थालिएको आज पत्रकार सम्मेलनमा इक्यानका कार्यवाहक अध्यक्ष विष्णुहरि पाण्डेले जानकारी गराए।
उनका अनुसार आगामी साउन ५ देखि ८ गतेसम्म चल्ने मेलामा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, जापान फ्रान्सलगायत १५ देशका विश्वविद्यालय प्रतिनिधिको सहभागिता हुनेछ।
उनले विद्यार्थीलाई विदेशमा अध्ययन गर्न जाँदा सजिलो होस् भनेर विदेशका विश्वविद्यालयको जानकारी गराउन र त्यहाँ प्राप्त हुने छात्रवृत्ति, सुविधा र गुणस्तरीय शिक्षामा पहुँच पुर्याउनका लागि मेला गर्न थालिएको बताए।
मेला स्वदेश र विदेशका गरी २३३ कक्षका साथै १७ वटा ठूला कक्ष रहनेछन्। प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने मेला करिब एकलाख विद्यार्थीले अवलोकन गर्ने कार्यवाहक अध्यक्ष पाण्डेले बताए। रासस