अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीको ह्यामवर्गमा निकै समस्या झेल्नु पर्यो। ह्यामवर्गमा आयोजित जी-२० मा सहभागी हुन जाँदा ट्रम्पले बस्ने होटलसम्म नपाएको समाचारमाध्यमले जनाएका छन्।
जर्मनीका स्थानीय समाचारमाध्यमका अनुसार ह्यामवर्गको 'फोर सिजन्स होटल' ले ट्रम्पलाई कोठा उपलब्ध नगराएपछि उनी लज्जित भएका थिए। शहरकै ठूलामध्येको होटलमा बस्न नपाएपछि ट्रम्प ह्यामवर्गको संसद भवनमा र उनका कर्मचारी अमेरिकी दूतावासमा बसे।
उनले जी-२० मा सहभागी अन्य नेतासँग भेटघाट गर्नुअघि होटल बुक गराउन ढिला गरेकाले ह्यामवर्गमा ठूलो होटल नपाएको समाचारमाध्यमले उल्लेख गरेका छन्। अमेरिकाको राष्ट्रपति र आफैं कयौं ठूला होटलका मालिक भएपनि ट्रम्पले समयमा ध्यान नदिदाँ यस्तो समस्या खेप्नुपरेको टिप्पणी गरिएको छ।