नेपाल बेल्जियम फ्रेन्डसिप एसोसिएसन (बिएनएफए)मा नयाँ नेतृत्व चयन भएको छ। लामो समयदेखि एसोसिएन निष्कृय रहेपछि बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाको पहलमा नयाँ नेतृत्व चयन भएको हो।
एसोसिएसनको साधारणसभाले डा. लुक ब्यौकोट्र्सलाई अध्यक्ष चयन गरेको छ।
त्यस्तै हिल्ड बोम्र्स उपाध्यक्ष, रविन्द्र श्रेष्ठ कोषाध्यक्ष र रोगर दे ग्रोयन तथा डेनी भेरहसेल्ट महासचिवमा नियुक्त भएका छन्। भिक्टोर दे हायस, रोनी दे रोयक र जोहान स्कुट्स सदस्यमा नियुक्त भएका छन्।
नेपालको सामाजिक तथा आर्थिक सहयोगका लागि बिएनएफए सन् १९७३ मा स्थापना भएको हो। बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले सो अवसरमा बिएनएफए संस्थालाई नयाँपन दिन सकेकोमा खुसी व्यक्त गरे।
साथै उनले नयाँ सभाले बेल्जियम तथा नेपालको सम्वन्ध सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। साथै उनले बिएनएफएले बेल्जियममा नेपालको पर्यटन तथा व्यापार प्रवद्र्धन गर्दै नयाँ सिप र प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिए।
एसोसिएसनका नवनिर्वाचित अध्यक्षले नेपालको संस्कृति तथा पर्यटन र व्यापार प्रवद्र्धनका लागि बेल्जियमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने जानकारी दिए।
त्यस्तै सदस्यहरुले नेपाल बेल्जियम सम्वन्ध नयाँ उचाईमा पुर्याउन आफूहरुले सक्दो पहल गर्ने बताए।