बुधबार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नं १ मा सुरक्षा व्यवस्था सबल छ।
प्रदेश नं का १४ जिल्लामा निर्वाचनको सम्पूण तयारी पूरा भएको क्षेत्रीय प्रशासन कार्यालय, धनकुटाका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहले जानकारी दिए।
स्वच्छ, निष्पक्ष एवम् शान्तिपूर्ण ढङ्गले निर्वाचन गराउन सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाइएको उनले बताए। क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरका प्रहरी उपरीक्षक विद्यानन्द माझीले प्रदेश नं १ का सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको र शान्ति सुरक्षालाई ध्यानमा राखि प्रहरीको मोबाइल गस्ती परिचालन गरिएको बताए।
क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले मोरङलगायत प्रदेश नं १ का सबै मतदान केन्द्रमा मतपत्र, मतपेटिका पुगिसकेको र आज पनि मतदाता परिचयपत्र वितरण कार्य जारी रहेको बताए। रासस