आगामी भदौ २ गते प्रदर्शन हुने फिल्म ‘भूइँमान्छे’को ट्रेलर सोमबार रिलिज गरिएको छ। कलाकार रमेश वुढाथोकीको सेरोफेरोमा घुमेको यो फिल्मले ‘लास चिर्ने’ एक व्यक्तिको कथामा आधारित छ। यस्तो कथामा पहिलो पटक नेपाली फिल्म निर्माण भएको हो ।
फिल्ममा सिपोरालाई एक्सन अवतारमा देखाइएको छ । प्रेम मनले गर्ने हो, मनदेखि गर्ने हो । प्रेममा उँच–नीच भन्ने हुँदैन । सोमबार सार्वजनिक गरिएको फिल्म ‘भुइँमान्छे’ को ट्रेलरमा पनि यस्तै असमान उमेरका दुई विपरीतलिंगीप्रतिको प्रेम आकर्षण झल्केको देखाइएकोको छ ।
भुइँमान्छेकै केन्द्रीय भूमिकामा देखिएका अधबैंसे रमेश बुढाथोकीको सीमाको चरित्रमा देखा परेकी नवयौवना सिपोरा गुरुङसँगको आकर्षण देखिन्छ ।
शैली इन्टरटेनमेन्टको ब्यानरमा रोहिणी भट्टराई कार्यकारी निर्माता रहेर तयार पारिएको ‘भुइँमान्छे’ लाई नवराज बुढाथोकीले निर्देशन गरेका हुन्। निर्देशक बुढाथोकीकै पटकथा रहेको उक्त फिल्मले लास चिर्ने एक सामान्य व्यक्तिको मनोविज्ञानलाई व्यक्त गर्छ ।
डाक्टर बन्ने सपना तुहिएपछि लास चिर्ने पेसामा धकेलिएको उक्त एक्लो र अविवाहित अधबैंसेका यौन मनोविज्ञानलाई केलाउनुका साथै लासमाथि हुने राजनीति, स्वास्थ्य क्षेत्रको विसंगतिलाई फिल्मले समानान्तर रूपमा केलाउन खोजिएको निर्देशक बुढाथोकीले जनाएका छन् ।
फिल्ममा सिपोराको अपोजिटमा सहिन प्रजापती देखिएका छन्। फिल्ममा रामबाबु रेग्मी, बादल भट्ट, रोहिणी भट्टराई, सानु ताम्राकार, नवीन श्रेष्ठ, तारा केसी, सशांक बोहोरा, सौरभ ढकाललगायतको अभिनय रहेको छ।
विदुर पाण्डेको सिनेमाटोग्राफी रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको छ भने गम्भीरराज कर्णिकार र मधुसूदन सञ्जेलको सम्पादन रहेको छ।
हेर्नुहोस् फिल्मको ट्रेलर
https://www.youtube.com/watch?v=loaLYYyaTRc