विश्वमा धेरै महँगा र आकर्षक डिजाइनका घर बनिसकेका छन्। तर यीमध्ये सबैभन्दा महँगो कहाँ, कस्तो र कसको होला भन्नेबारे धेरैलाई जानकारी नहुन सक्छ।
हालसम्मको रेकर्ड अनुसार विश्वकै महँगो घर कुनै सात समुद्रपार नभएर हाम्रै छिमेकी देश भारतमा छ।
दिइएको विश्वकै महँगो व्यक्तिगत घर मुम्बइस्थित ‘एन्टीलिया’ हो। भारतीय धनाढ्य मुकेश अम्बानीको परिवार त्यहाँ बस्छ।
करिब १० हजार ७ सय २० करोड रुपैयाँ मूल्य पर्ने यो घर ४ लाख वर्गफिटमा फैलिएको छ।
सन् २००६ मा अम्बानीको परिवारले यो घर बनाउँदा १ अर्व डलर खर्च भएको बताइएको छ।
मुम्बईकै अग्लो घर एन्टीलियाको उचाइ १७३ मिटर छ भने यसमा २७ तला छन्। यो घरको स्याहारसम्भारका लागि मात्र ६ सय कर्मचारी राखिएको छ।