काठमाडौँबाट सर्लाहीको लागि छुटेको ना१ज ३७०१ नंको सुमो जिप हेटौँडा कुलेखानी सडकखण्डको कुलेखानीको सडकबाट करिब ४५ मिटर तल खसी आइतबार दुर्घटना हुँदा जिपका एक यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ।
मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–८ गुर्जुधारा बस्ने ४२ वर्षीया माइली सापकोटा रहेको सिस्नेरी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक देवेन्द्र रानाले बताए । जिपमा रहेका नौ यात्रु गम्भीर घाइते भई थप उपचारका लागि कुलेखानीबाट काठमाडौँको सुमेरु अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले जिपका चालकलाई नियन्त्रणमा लिएको छ। रासस