नवलपरासीको बर्दघाट नगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार धीरज शर्माको घरमा फेला परेको बम शनिबार नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ।
बर्दघाटस्थित शर्माको घरको मूलगेटमा फेला परेको सकेट बमलाई बज्रदल गणको टोलीले नजिकैको खुल्ला चौरमा लगेर निष्क्रिय गरेको हो यद्यपि बम किन र कस्ले राखेको हो यसबारे केही खुलेको छैन।
स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा यसरी उम्मेदवारको घरमा बम फेला पर्ने घटना बाहिर आएपछि आम जनमानसलाई थप त्रसित बनाएको छ । रासस