योग गरू बाबा रामदेवको कम्पनी पतञ्जली आयूर्वेदले क्रिम, श्याम्पु, फेसवास जस्ता कस्मेटिक सामानहरू उत्पादन गर्दै आएको छ। अब चाँडै नै कम्पनीले 'लिपस्टीक' उत्पादन गर्ने भएको छ।
यो कुरा रामदेव आफैंले भनेका हुन्। रामदेवले सोनी च्यानलमा आउने शो ‘सबसे बड़ा कलाकार’ मा यसको जिकिर गरेका हुन्।
शोका प्रतिस्पर्धीमध्ये एककी आमाले रामदेवलाई यसबारे सोधेकी थिइन्। उनले भनेकी थिइन्, 'के तपाईं आगामी दिनमा महिलाहरूका लागि लिपस्टीक पनि ल्याउन सक्नुहुन्छ?'
तब रामदेवले जवाफ यसरी दिएका थिए, 'तपाईंले भन्नुभयो, अब म तपाईंको इच्छा पूरा गरिदिनेछु।'
पतञ्जली आयूर्वेदका सामानले भारतमा मात्र नभएर नेपालमा पनि राम्रो बजार लिएको छ।