दुई नगरपालिकासहित नौ स्थानीय तह रहेको भोजपुरमा कुल एक हजार ३५१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। चुनावी मैदानमा ८०९ पुरुष र ५४२ महिला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सबैभन्दा धेरै षडानन्द नगरपालिकामा र सबैभन्दा कम पौवादुङ्मा गाउँपालिकामा उम्मेदवारी दर्ता भएको छ। चौध वडा रहेको षडानन्द नगरपालिकामा २५२ जनाले उम्मेदवारी दर्ता गरेका छन् भने ६ वडा रहेको पौवादुङ्मा गाउँपालिकामा १०० जनाले उम्मेदवारी दर्ता गराएका छन्।
बाह्रवटा वडा रहेको भोजपुर नगरपालिकामा २०५ जना, छवटा वडा रहेको साल्पासिलिछो गाउँपालिकमा ११३ र अरुण गाउँपालिकामा १२८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै १० वडा रहेको आमचोक गाउँपालिकामा १४९, ट्याम्केमैयुङ गाउँपालिकामा १३८ र हतुवागढीमा १३३ तथा रामप्रसाद राई गाउँपालिकामा १३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । रासस