इलाम नगरपालिका–१२ का वडाध्यक्ष पदका उम्मेदवार नारायण राई बेपत्ता भएको एकसाता बिते पनि उनको अवस्था अझै अज्ञात छ।
आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका राई आमसभा तयारीका सिलसिलामा गत शुक्रबार घरबाट निस्किएका थिए।
त्यसपछि उनी अहिलेसम्म सम्पर्कविहीन भएको माओवादी केन्द्र इलामका सचिवालय सदस्य जीवन शर्माले बताए।
बेपत्ता राईको खोजी कार्यका लागि नेपाल प्रहरीलाई परिचालन गरिएको छ भने पार्टीले पनि वाइसिएललाई परिचालन गरिएको जनाएको छ । बेपत्ता भएपछि केन्द्रले उनको ठाउँमा सोममाया राईलाई उम्मेदवार बनाएको छ। रासस