जोरपाटीबाट थली जादै गरेको बा १ ज ९८०९ नम्बरको माइक्रो बाक्लो मानिसको भीड रहेको जोरपाटी ओरालोमा दिउँसो साढे ४ बजेतिर अन्धाधुन्ध दौडियो। २ वटा मोटरसाइकल र एउटा कारमा माइक्रो ठोक्किए पनि अझै माइक्रो रोकिएन। त्यसपछि सडक पेटीमा हिँडिरहेकालाई ठक्कर दिदैँ अली पर गएर रोकियो।
माइक्रोको ठक्करबाट भारत घर भइ जोरपाटीमा बस्दै आएका २७ वर्षीय रुपलाल साहको मृत्यु भएको बौद्ध प्रहरीका डिएसपी अच्युत पुडासैनीले सेतोपाटीलाई बताए।
उनका अनुसार पर्साका प्रदीप साह र ओखलढुंगाकी चिनिमाँया बुढाथोकी घाइते भएका छन्। उनीहरुको जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ।
प्रहरीले माइक्रो चालक सिन्धुपाल्चोक घर भइ जोरपाटी बस्ने लालबहादुर कामीलाई नियन्त्रणमा लिएको छ।
कामी ९ वर्षदेखि कलंकी-थली रुटमा माइक्रो चलाउँदै आएका चालक हुन्। प्रहरीलाई उनले माइक्रो स्टार्ट गरेपछि ब्रेक नलागेर नियन्त्रण लिन नसकेको बयान दिएका छन्।
माइक्रो अन्धाधुन्द दौडदा २ वटा मोटरसाइकल र एउटा कारमा क्षति पुगेको छ। बा ७ च ३२०० को कारमा ठोक्किएपछि माइक्रोले बा २९ प ७८२४ र बा ४४ प ६५४७ नम्बरको मोटरसाइकलमा क्षति पुगेको छ।