म्यानचेस्टर युनाइटेडका चर्चित प्रशिक्षक जोसे माउरिन्होमाथि पनि कल छलीको अभियोग लागेको छ। स्पेनिस कर अधिकारीले रियल म्याड्रिडको प्रशिक्षक रहँदा उनले कर छली गरेको आरोप लगाएका छन्।
उनीमाथि ३६ लाख अमेरिकी डलर बराबरको कल छली गरेको आरोप लागेको छ। सन् २०११ र २०१२ को बीचमा उनले कर छली गरेको आरोपसँगै पोर्चुगलका चर्चित प्रशिक्षक विवादमा मुछिएका छन्।
यस विषयमा माउरिन्होको कुनै प्रतिक्रिया आएको छैन्।