बुद्ध रेमिटको नाममा अवैध रुपमा हुण्डीको कारोबार गर्दै आएका ईश्वर प्रसाद चौधरीले महिनौंसम्म नेपालमा पैसा नपठाएर श्रमिक नेपालीले ठग्दै आएको खबर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ति भएपछि पैसा फिर्ता गर्न शुरु गरेका छन् ।
पोर्चुगलको गाउँमा खेती किसानी गरेर मार्च २९ तारिखमा ९ सय ७० युरो नेपाल पठाउन चौधरीको खातामा पैसा हालिदिएका चितवनका मेघ गुरूगले जुलाई १४ तारिखमा बल्ल आफूले जम्मा गरेको पैसा फिर्ता पाएका हुन्।
पैसा माग्दा उल्टै धम्क्याउने गर्दै आएका चौधरीले आफ्ना ग्राहकलाई थाहै नदिई कार्यालय बन्द गरेर फरार भएका थिए ।
पत्रकार गणेश पाण्डेले श्रमिकहरुलाई शोषण गर्ने फटाहा र हुण्डीका नाममा बदमासी गर्नेहरुको सार्वजानिक रुपमा भण्डाफोर गर्ने सामाजिक सञ्जाल र पत्रपत्रिका, रेडियो , टेलिभिजन जस्ता संचार माध्यममा अभियानै चलाएपछि पीडित गुरूगले न्याय पाएका हुन्।
पैसा फिर्ता गरे पनि चौधरीले त्यो समाचार लेख्ने पत्रकारलाई रामधुलाई नगरी नछोड्ने धम्की सहितको सन्देश पीडित गुरूगलाई दिएका छन्।